सुर्खेत जीप दुर्घटनाका मृतक ४ जनाकै सनाखत
काठमाडाैं | जेठ १७, २०८१
सुर्खेत: सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।
सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोट शुभकालिका गाउँपालिका–३ का ४० वर्षीय तन्त बि.क., सोही ठाउँका १७ वर्षीय वीरेन्द्र बि।क, २७ वर्षीय नवराज बि.क. र दैलेख भैरबी गाउँपालिका-४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
जीपमा ६ जना सवार रहेकोमा दुई जना गम्भीर घाइते छन् । कालीकोटका नरी विक र नरेन्द्र विष्ट घाइते भए हुन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

